इन्फिनिटी लघुवित्तले घोषणा गर्‍यो १५ % लाभांश 

इन्फिनिटी लघुवित्तले घोषणा गर्‍यो १५ % लाभांश 


बैंकिङ्ग समाचार ।
 इन्फिनिटी  लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७६/  ७७ को मुनाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. २२ करोड ८१ लाख ४० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिने प्रस्ताव गरेको हो ।

\"\"