छिमेक लघुवित्तले कुल २९ प्रतिशत लाभांश वितरण गर्ने

छिमेक लघुवित्तले कुल २९ प्रतिशत लाभांश वितरण गर्ने


बैंकिङ्ग समाचार । 
छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मंसिर १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई कुल २९ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।