नेशनल लाइफ इन्स्योरेन्सले नगद घटाएर बढायो बोनस

नेशनल लाइफ इन्स्योरेन्सले नगद घटाएर बढायो बोनस


बैंकिङ्ग समाचार । 
नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को लागि वितरण गर्ने घोषणा गरेको लाभांश परिमार्जन गरेको छ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को लागि साढे १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। इन्स्योरेन्सले पूर्व घोषित लाभाश परिमार्जन गर्दे नगद घटाएर बोनसमा वृद्धि गरेको हो ।

इन्स्योरेन्सले अब चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँको १० प्रतिशतका दरले बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर रकमका लागि ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्नेछ।

यसअघि इन्स्योरेन्सले १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर गरी कुल १७.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

बीमा समितिको निर्देशन अनुसार कम्पनीले लाभांश परिमार्जन गरेको हो ।

\"\"