गरिबी न्यूनीकरण मार्फत दिगो आर्थिक विकास गर्न वित्तीय समावेशीता : गभर्नर

गरिबी न्यूनीकरण मार्फत दिगो आर्थिक विकास गर्न वित्तीय समावेशीता : गभर्नर


बैंकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले गरिबी न्यूनीकरणमार्फत दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न वित्तीय समावेशीकरण अपरिहार्य रहेको बताएका छन् ।

सार्क फाइनान्स भर्चुअल सेमिनारमा गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियाली राष्ट्र अहिले पनि गरिबीको चपेटामा रहिरहेको बताए । “बदलिँदो परिस्थितिमा उद्यम व्यवसाय सञ्चालन गर्न कठिनाइ रहेको अवस्था छ,” उनले भने,“यसका लागि विभिन्न नीतिगत परिवर्तनमार्फत सम्बोधन गरिएको छ ।”

कार्यक्रमलाई सार्क सचिवालयका महासचिव इस्ला रुवाना वयराकोनले सन् २००७ देखि नै सार्कमा वित्तीय समावेशीकरणको एजेण्डा प्रवेश भएको बताउदै सो क्षेत्रको वित्तीय समावेशीताको अवस्थाबारे जानकारी दिए ।

कार्यक्रममा बंगलादेश बैंक का गभर्नर फजल कबीरले बंगलादेशको वित्तीय समावेशीकरणको इतिहास एवम् वर्तमान अवस्था तथा दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीताका चुनौतीहरूबारे जानकारी दिए ।