मंगलवार २ हजार विन्दुमा पुगेर बन्द भयो नेप्से

मंगलवार २ हजार विन्दुमा पुगेर बन्द भयो नेप्से


बैंकिङ्ग समाचार । 
मंगलवार नेप्से परिसूचक २ हजार दशमलव ४० विन्दुमा पुगेर बन्द भएको छ । यो दिन बजार १ हजार ९६५ दशमलव ६८ विन्दुसम्म झरेको थियो । सोमवार १ हजार ९९७ दशमलव शून्य ५ विन्दुमा बन्द भएको बजार मंगलवार २ हजार ९ दशमलव ४६ विन्दुदेखि खुला भएको थियो । 

मंगलवार बजार २ हजार २२ दशमलव २६ विन्दुसम्म पुगेर तल झरेको हो । सोमवारको तुलनामा भने बजार ३ दशमलव ३५ अंक माथि उक्लिएको छ । आज ७ अर्ब ४० करोड माथिको शेयर कारोबार भएको छ ।  नेप्से परिसूचक सामान्य अंकले बढेपनि मंगलवार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ७७ अंकले घटेर ३८३ दशमलव ७९ विन्दुमा झरेको छ । 

नेपाल पुनर्बीमा सहित ५ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको कारोबार सँगै सर्वाधिक मूल्य वृद्धि भएको छ । कम्पनीको रू. ६५ करोड ७९ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यस कम्पनीको शेयरमूल्य पनि सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. १४५ ले बढेको कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ५९९ पुगेको छ ।

नेपाल पुनर्बीमा कम्पनीसँगै रसुवागढी हाइड्रोपावर, अपर तामाकोशी, नेपाल दूरसञ्चार कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रसुवागढी हाइड्रोको ९ दशमलव ९६ प्रतिशतले बढेर अन्तिम मूल्य रू. २७६, अपर तामाकोशीको ९ दशमलव ८५ प्रतिशत बढेर अन्तिम मूल्य रू. ३५७, नेपाल दूरसञ्चार कम्पनीको ९ दशमलव ७१ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार १७५ र साञ्जेन जलविद्युतको ९ दशमलव ६५ प्रतिशत बढेर अन्तिम मूल्य रू. २५० पुगेको हो ।
 
त्यस्तै ग्रीन डेभलपमेण्ट बैंकको शेयरमूल्य सर्वाधिक ७ दशमलव ७३ प्रतिशतले घटेको छ । यस बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम मूल्य रू. १६७ मा झरेको हो ।

मंगलवार अन्य समूहको परिसूचक सर्वाधिक ६ दशमलव ८७ प्रतिशतले बढेको छ भने व्यापारिक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ४२ अंकले घटेको छ । यो दिन बैंकिङ समूहको २ दशमलव ६९ प्रतिशत, होटलको १ दशमलव शून्य ३ प्रतिशत, विकास बैंकको २ दशमलव ३३ प्रतिशत, वित्तको शून्य दशमलव ८२ प्रतिशत, निर्जीवनको शून्य दशमलव ३४ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ५५ प्रतिशत परिसूचक घटेको हो ।

त्यस्तै जलविद्युतको २ दशमलव ४२ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव २५ प्रतिशत, लघुवित्तको शून्य दशमलव शून्य ५ प्रतिशत र जीवन बीमा समूहको १ दशमलव ८ प्रतिशतले परिसूचक बढेको छ ।