२ अर्ब ६६ करोड मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक

२ अर्ब ६६ करोड मुद्दती निक्षेपमा लगानी गर्दै नेपाल राष्ट्र बैंक


बैंकिङ्ग समाचार । 
नेपाल राष्ट्र बैंक लिमिटेडले २ अर्ब ६६ करोड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम २७५ दिनका लागि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब १२ करोड ८० लाख रूपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ३९ करोड ९० लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १३ करोड ३० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थालेमंसिर १७ गते दिउँसो ३ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

बैंकले जारी गरेकाे सूचना:

\"\"

\"\"