काठमाडौं – सम्पदा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा४ प्रतिशत बोनस शेयर रहेको (कर प्रयोजनार्थ) ०.२१ प्रतिशत नगद लाभांश रहेको छ।
कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।





About Us
प्रतिक्रिया