बैंक अफ काठमाण्डूले मङ्सिर २४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?

बैंक अफ काठमाण्डूले मङ्सिर २४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?


बैंकिङ्ग समाचार । 
बैंक अफ काठमाण्डूले मङ्सिर २४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याज प्रदान हुने गरी प्रति कित्ता १ हजार अंकित दरका १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये ६४ करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई र ९६ करोड बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुनेछ। सर्बसाधारणलाई छुट्याईएको ६४ करोड मध्ये ३२ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । 

ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ । ऋणपत्रमा छिटोमा मङ्सिर २८ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त नपरेमा ढिलोमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ ।  

बैंकको ऋणपत्र निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ।