आइसीएफसी फाइनान्सको डिसीईओमा लक्ष्मणप्रसाद जैसी नियुक्त


काठमाडौं – आइसीएफसी फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा लक्ष्मणप्रसाद जैसी नियुक्त भएका छन्। कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जैसीलाई डिसीओमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार उनको कार्यकाल मंसिर २ अर्थात् आजदेखि सुरु हुनेछ। जैसी हाल कम्पनीको नायव महाप्रबन्धकका रुपमा कार्यरत समेत रहेका छन्।