नेपाल बंगलादेश बैंकको लाभांस प्रस्ताव, ६ प्रतिशत बोनस सेयर दिने

नेपाल बंगलादेश बैंकको लाभांस प्रस्ताव, ६ प्रतिशत बोनस सेयर दिने


बैंकिङ्ग समाचार । 
नेपाल बंगलादेश बैंकले लाभांस घोषणा गरेको छ। बैंकले २.४२ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।  बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश गरि कुल ८.४२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ । 

\"\"