एनआईसीको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

एनआईसीको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ्ग समाचार । 

एनआईसी एसिया क्यापिटलले निष्काशन गरेको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले मङ्सिर १२ गतेदेखि ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ को २ करोड इकाईको बिक्रि खुला गरेको हो  ।

क्यापिटलले कोषको आकार ५० करोडको भए पनि प्रारम्भिक आकार २० करोड कायम गरिएको र प्रति इकाई मूल्य १० रुपैयाँको दरले २ करोड इकाई निष्काशन गरिएको जनाएको हो  ।  

आवेदन दिँदा प्रति इकाई १० रुपैयाँको दरले न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्मको लागि आवेदन दिन सकिने छ । मेरो शेयर र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ  । 

यस योजनाले बैंक तथा वित्तीय संस्थामा निक्षेप निक्षेपमा १५ प्रतिशत, बण्ड डिबेन्चर, मुद्रा बजार उपकरण माग तथा अल्प सुचनामा प्राप्त हुने रकममा ६५ प्रतिशत र प्रतामिक तथा दोस्रो बजारमा २० प्रतिशत लगानी गर्ने जनाएको छ  ।

 

एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने गरी ‘एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड’ का इकाइहरु आजबाट (मंसिर १२ गतेबाट) बिक्री खुल्ला हुँदैछ । यो खुल्लामुखी म्युचुअल फण्ड हो । यो योजना संचालनमा आउनुभन्दा पहिला एउटा खुल्लामुखी योजना संचलानमा आइसके पनि यस प्रकारको योजना नेपालमा संचालनमा आएको पहिलोपटक हो । 

एनआईसी एसिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एसिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो खुलामुखी म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँबराबरको ५ करोड इकाई निष्कासन गर्न लागिएको एनआईसी एसिया क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जानकारी दिए । बीजपुँजीबापत कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्धक एनआईसी एसीया बैंकलाई सुरक्षित राखी अधिकतम ४ करोड २५ लाख इकाई सार्वजनिक रुपमा बिक्री लागि खुला गरिने उनले बताए । 

\"\"

लगानीकर्ताहरुले न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म खरिदका लागि आवेदन पेस गर्न सक्नेछन् । यो फण्डको समय अवधि जिवनभर चलिरहने बताइएको छ । यद्यपी नेपाली बजारमा भने खुल्लामुखी योजनाका बारेमा त्यति धेरै जानकारी नभएको पाइन्छ । त्यसैले पनि यसमा लगानीकर्ताको आकर्षण नदेखिएको हुनसक्ने उनी बताउँछन् । उनले भने ‘हाल नेपालमा अधिकाशं बन्दमुखी योजनाहरु मात्र संचालन भएकोले यस्ता प्रकृतिको फण्डको बारेमा आम जानमानसमा जानकारी नहुनु स्वभाविक हो । खुलामुखी योजना तथा यसको विशेषता र फाइदाहरुको बारेमा आम जनमानसमा जानकारी गराउन सकियो भने यस्ता प्रकृतिका फण्डमा विस्तारै आकर्षण बढ्दै जाने कुरा निश्चित छ ।’

यसले कुन–कुन क्षेत्रमा लगानी गर्दछ ?
लगानी गर्नुको मुख्य उद्देश्य भनेको उक्त लगानीबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त हुने र आफूलाई आवश्यक परेको बेलामा सहजै रुपमा बिना कुनै झनझट किन्न र बेच्न सकिने हुन्छ । उनले भने, ‘खुल्लामुखी योजनामा लागनी गर्दा लगानीकर्ताहरुले आफूले चाहेको बेलामा आफ्नो लगानी गरेको रकम सहजै रुपमा झिक्न सकिने हुँदा यस प्रकारको योजनाको इकाईमा लगानी गर्दा लगानीकर्ताहरुले दुवै फाइदा लिन सक्ने देखिन्छ ।’ 
यस योजनाको इकाई बिक्रीबाट संकलित रकमको ७५ प्रतिशतभन्दा बढी रकम निश्चित आम्दानी हुने उपकरणहरुमा लगानी गरिने हुँदा यस योजनामा लगानी गर्दा प्रतिफल सुनिश्चित रहेकोले आम लगानीकर्ताहरुलाई ढुक्क भएर यस ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ को इकाईमा लगानी गर्न सकिने उनले सुझाए । सम्पत्ति मुल्यमा (न्याभ) पहिलो वर्ष नै १०.८३ कायम हुने प्रक्षेपण गरिएको पनि उनले जानकारी गराए ।  
–    योजनाको आकारको आधारमा स्थिर आय हुने क्षेत्रमा १५ प्रतिशत लगानी 
–   बण्ड, डिबेन्चर तथा मुद्रा बजार उपकरण माग तथा अल्प सूचनामा प्राप्त हुने रकममा ६५ प्रतिशत 
–  बाँकी २० प्रतिशत सार्वजनिक निष्कासनमार्फत जारी गरिने 
–   साधारण शेयर तथा सूचिकृत कम्पनीहरुको शेयरमा लगानी गरिने हुँदा लगानीबाट उचित मुनाफा आर्जन हुने

खुल्लामुखी योजनामा लगानीकर्ताहरुले पाउने फाइदाहरु ?
–  आफूले लगानी गरेको रकम सहज रुपमा योजना व्यवस्थापक तथा तोकिएका वितरकहरुमार्फत खरिदबिक्री गर्न सकिने 
–    यस फण्डको संकलित अधिकांश रकम डेप्ट मार्केटमा लगानी गरिने हुँदा यस फण्डमा लगानी गर्दा लगानीकर्ताहरुले स्थिर र नियमित आय प्राप्त हुने, 
–    लगानीमा कम जोखिम, 
–    लगानीे विविधिकरण, 
–   इकाईको खरिद बिक्री गर्दा कारोवार शुल्क नलाग्ने, 
–    नियमित रुपमा निश्चित रकम थप गर्दै जान सकिने 
–    सिमित रुपमा लाभाँश तथा चाहेको बेलामा कायम (न्याभ)मा आफूले होल्ड गरेको इकाई बिक्री गर्न सकिने 

लगानीकर्ताले कसरी लगानी गर्ने ?
क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीका अनुसार यो योजनाको इकाईहरु यही मिति २०७७ साल मंसिर १२ गते शुक्रबार देखि १६ गते मंगलबारसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको छ । यस योजनामा लगानी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमती प्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमार्फत आवेदन दिन सकिनेछ । यस्तै मेरो शेयरुमार्फत पनि सजिलै आवेद दिनसक्ने उनले बताए ।