काठमाडौं – कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ।
कम्पनीले बोर्डबाट कात्तिक १९ गते १७ लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।





About Us
प्रतिक्रिया