स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा


बैंकिङ्ग समाचार । 
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.२७३ प्रतिशत बोनस शेयर तथा सो को कर प्रयोजनार्थ ०.६९८५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको २१२ औँ बैठकले आव २०७६/७७ को मुनाफा रकमबाट हाल कायम चुक्ता पूँजीको सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।

जस अनुसार कम्पनीले ४ करोड ५३ लाख ४२ हजार १७७ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २३ लाख ८६ हजार १२३ रुपैयाँ कर तिर्न नगद लाभांश बाँड्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ३४ करोड १६ लाख १२ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पूँजी ३८ करोड ६९ लाख ५४ हजार रुपैयाँ पुग्नेछ ।