बैंकिङ्ग क्षेत्रमा शेयर बजारको उत्साहः अधिकांश वाणिज्य र विकास बैंकको सेयर मूल्यमा सर्किट

बैंकिङ्ग क्षेत्रमा शेयर बजारको उत्साहः अधिकांश वाणिज्य र विकास बैंकको सेयर मूल्यमा सर्किट


बैंकिङ्ग समाचार । 
आइतबारको शेयर बजारमा बैंकिङ्ग समूहको उत्साह छ। यस अघि उत्पादन, बीमा र अन्य समूहको शेयर  मूल्य बढिरहेकोमा आइतबार भने अधिकांश बैंकको शेयर  मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

समाचार तयार पार्दा सम्म मितेरी डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, मेगा बैंक, महालक्ष्मी विकास बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, बैंकअफ काठमाडौं बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।

सर्किट ब्रेकर लागेका बैंकहरुमा मितेरी डेभलपमेन्ट बैंकको मूल्य ४०८ रुपैयाँ पुगेको छ। नेपाल बंगलादेश बैंकको शेयर मूल्य प्रति कित्ता २८९ रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै प्रभु बैंकको शेयर मूल्य प्रति कित्ता ३७९ रुपैयाँ पुगेको छ। नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर मूल्य प्रति कित्ता २७३ रुपैयाँमा कारोबार भइरहेको छ। ग्लोबल आइएमई बैंकको शेयर मूल्य प्रतिकित्ता ३४९ रुपैयाँमा कारोबार भइरहेको छ। 

अन्य समूहको शेयर मूल्य लगातार बढेपनि बैंकिङ्ग समूहको मूल्य भने विगत लामो समयदेखि स्थिर रहेको थियो। बजार बुलिस ट्रेण्डमा प्रवेश गरेसँगै ३०० देखि ४०० रुपैयाँ भन्दा कम शेयर मूल्य भएका बैंकको सेयर मूल्य सर्वाधिक बढिरहेको छ।

समग्रमा बैंकिङ्ग सूचक ९० अंकले बढ्दै १५२८ अंक पुगेको छ। आज मात्रै यो समूहको मूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ। त्यस्तै विकास बैंकको सूचक १३६ अंकले बढ्दै २२८१ अंक पुगेको छ। यो सूचक पनि ६ प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ। 

\"\"