७५३ स्थानीय तहमध्ये ७४८ तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार

७५३ स्थानीय तहमध्ये ७४८ तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार


बैंकिङ्ग समाचार । 
देशको कुल ७५३ स्थानीय तहमध्ये २०७७ असोजसम्म ७४८ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । 

नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म पाँच स्थानीय तह बाहेक सबै ठाउँमा वाणिज्य बैंकका शाखा पुगेका छन् । केन्द्रीय बैंकका अनुसार २०७६ असोजसम्म ७४१ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । 

केन्द्रीय बैंकको तथ्याङ्क अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । 

प्रदेश १ मा ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा शाखा पुगेको छैन भने वाग्मती प्रदेशको धादिङको रुवी भ्याली र नेत्रावती गाउँपालिकामा शाखा पुगेको छैन । यस्तै, कर्णालीमा जाजरकोटको जुनीचाँदे गाउँपालिका र सुदूरपश्चिममा बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुगेको छैन ।

\"\"