फस्र्ट माइक्रोफाइनान्सको ११ प्रतिशत नगद लाभांश घोषणा


काठमाडौं – फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीले वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले शेयरधनीलाई सो दरलमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।