चितवन – बुढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण, शव दाह, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको हो।
देवघाटमा शव दाह गर्नेहरुलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला, रिक्सामा व्यापार नगर्न आग्रह गरिएको छ। मुग्लिनसम्म बाढीको उच्च जोखिम रहेको जनाइएको छ।






About Us
प्रतिक्रिया