नेप्से १९ सयमाथि, तोड्यो यसअघिको रेकर्ड

नेप्से १९ सयमाथि, तोड्यो यसअघिको रेकर्ड


बैंकिङ्ग समाचार ।
बिहीबार नेप्सेको ऐतिहासिक बिन्दु ब्रेक गरेर अघि बढ्दा पहिलो एक घण्टामा नै २ अर्ब बढीको शेयर खरीद बिक्री भएको छ । १८७ कम्पनीका ३९ लाख ८८ हजार २१७ कित्ता शेयर २ अर्ब १२ करोड ३१ लाख ६५ हजारको कारोबार भएको हो ।

नेप्से सूचक ४६ अंकले बढ्दा सूचक १ हजार ९२० बिन्दुमा पुगेको छ । होटल बाहेक सबै उपसमूहका परिसूचक हरियाली भएको बजारमा नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै २७ करोडको शेयर खरीद बिक्री भएको छ । नबिल बैंक र शिवम् सिमेन्ट्सको पनि १० करोड बढीको शेयर कारोबार भयो ।

यस अवधिमा एनएमबि माइक्रोफाइनान्स, आँखुखोला हाइड्रोपावर, बिशाल बजार कम्पनी, र नबिल बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य झण्डै ५ प्रतिशतले घटेको छ ।