सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा


काठमाडौं – सिक्लेस हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस शेयर र ०.६६ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले शेयरधनीलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ। सो लाभांश विधुत नियमन आयोगबाट स्वीकृती भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।