दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब माथिको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्ब माथिको कारोबार


बैंकिङ्ग समाचार ।  
आज (मंगलबार) शेयर बजारले उकालो लागेको छ। नेपाल स्टक एक्स्चेजका अनुसार आज शेयर बजार दोहोरो अंकले बढेको  हो। आज नेप्से परिसूचक २९.६८ अंकले बढेर एक हजार ८१०.११ मा पुगेको छ। 

यस्तै सेन्सेटिभ परिसूचक भने ४.४२ अंकले घटेर ३४९.३७ मा पुगेको छ।

कूल १९६ वटा कम्पनीकाे एक कराेड १७ लाख ७४ हजार ५ सय २० कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ४४ करोड २९  लाख ५० हजार १ सय ८९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार ११ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी १ वटा उपसमूहकाे मात्र शेयर घटेकाे छ ।

एनआईसी एशिया बैंकको उच्च कारोबार

आजको बजारमा एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । बैंकको १९ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम भएका कारण कारण कारोबार रकमका आधारमा पहिलो स्थानमा आएको हो । बैंकका ५ लाख ३८ हजार कित्ता शेयर ३७ करोड ३३ लाख रुपैयाँमा खरीद बिक्री भएका छ ।

यसैगरी नेपाल टेलिकम, नेपाल रि इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्टिलरी, नेको इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, शिवम् सिमेन्टस्, र शिखर इन्स्योरेन्सको पनि उच्च कारोबार भएको छ ।

\"\"

सोल्टी होटलको शेयर कारोबार सबैभन्दा कम 

आजको बजारमा सोल्टी होटलको शेयरमा लगानी गरेका लगानीकर्ताले गुमाएका छन् । होटलको शेयर ३.२० प्रतिशतले घटेर २१२ मा झरेको छ । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको पनि ३ प्रतिशत बढीले मूल्य घटेको छ ।