काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.४८ अंकले घटेर बन्द भएको हो। यससँगै बजार २५ सय ६६ दशमलव ७६ को बिन्दुमा बन्द भएको छ। आज नेप्से घटेसँगै कारोबार रकम समेत घटेर ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ९० लाख ३ हजार कित्ता शेयर किनबेच भएको छ।
आज ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।आज सबैभन्दा बढी घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख रपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा १०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ता ५.७५ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा बढी गुमाउनेमा त्रिशूली जलविद्युतका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया