एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने आज अतिम दिन

एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने आज अतिम दिन


बैंकिङ्ग समाचार । 
एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।

बैंकले मंसिर २१ गते डाकेको २३ औं वार्षिक साधारण सभाका लागि मंसिर १० गते बुधबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार बैंकको २० प्रतिशत लाभांश पाउन मंगलबारसम्म शेयरधनी भैसक्नुपर्नेछ ।

मंसिर ८ गते सोमबार बैंकको प्रतिकित्ता ६८७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।