प्रभु बैंकका ग्राहकले अनलाइनबाटै केवाईसी अद्यावधिक गर्नसक्ने

प्रभु बैंकका ग्राहकले अनलाइनबाटै केवाईसी अद्यावधिक गर्नसक्ने


बैंकिङ्ग समाचार । 
प्रभु बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अद्यावधिक गर्नसक्ने भएका छन् । बैंकले ग्राहक सुविधालाई मध्यनजर गर्दै इ-केवाईसी सेवा सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकमा खाता खोली कारोबार गर्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले बैंकको वेबसाइट धधध।उचबदजगदबलप।अयm मा लगइन गरी अनलाइन मार्पmत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाईएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनुपर्ने बाध्यता पूर्णरुपमा हटेको छ ।

प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसी सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ ।

यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनसक्ने बैंकको विश्वास छ ।