काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिका– १७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन्। बालिका हराएको सूचनापछि प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा– १० चक्रहवा जंगलबाट उनलाई सकुशल फेला पारेको थियो।
बालिका अपहरणमा संलग्न रहेका तिलोत्तमा– १० शान्तिनगरका अन्दाजी २७ वर्षीय युवराज थारुलाई असोज १८ गते राति तिलोत्तमा–१७ दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडामुनि गोली प्रहार गरेको हो।
गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ। घटनाबारे इलाका प्रहरी कार्यालय, बुटवलबाट थप अनुसन्धान भइरहेको छ।






About Us
प्रतिक्रिया