तिनाउ मिसन डेभलपमेण्ट बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन

तिनाउ मिसन डेभलपमेण्ट बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन


बैंकिङ्ग समाचार । 
तिनाउ मिसन डेभलपमेण्ट बैंकको संस्थापक सेयर परिवर्तन भएको छ । बैंकको २.३४ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन भएको हो । बैंकको संस्थापक सेयर ५३.३४ प्रतिशत र सर्वसाधारण सेयर ४६.६६ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत हुने गरी बाँकी सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार कम्पनीले संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत कायम हुनेगरी बाँकी सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने निर्णय गरेको हो ।