सनराइज बैंकले घोषणा गर्यो लाभांश, ७.५२% ले  घट्यो लाभांशदर

सनराइज बैंकले घोषणा गर्यो लाभांश, ७.५२% ले  घट्यो लाभांशदर


बैंकिङ्ग समाचार । 
सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

सनराइज बैंकले आर्थिक वर्ष २०७६।०७७ को नाफाबाट लगानीकर्तालाई कूल ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

जसमध्ये बोनस ५.८० र नगद २.४८ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले अघिल्लो वर्ष १५.८ प्रतिशत (१० प्रतिशत बोनस, ५.८ प्रतिशत नगद) लाभांश वितरण गरेको थियो। अघिल्लो आवको तुलनामा ७.५२ प्रतिशतले लाभांशदर घटेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृतिपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ७३६ रुपैयाँ रहेको छ । ५.८० प्रतिशत बोनस (५२ करोड १ लाख ३३ हजार ६३ रुपैयाँ) पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ५०० रुपैयाँ पुग्नेछ ।

\"\"