बिओके क्यापिटलको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

बिओके क्यापिटलको पाँचौ वार्षिक साधारण सभा सम्पन्न


बैंकिङ्ग समाचार । 
बि.ओ.के क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

उक्त सभा क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो।

साभामा आ.व २०७६/०७७ को वित्तीय विवरणहरु पारित गरिएको थियो।

आ.व २०७६/०७७ सम्मको सचिंत मुनाफाबाट चुक्ता पूँजी २१ करोडको ४.५ प्रतिशतका दरले हुने रकम ९४ लाख ५० हजार नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।

क्यापिटलले सामुहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भइ कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पारित गरेको छ।