सिटिजन लाइफ सुर्यविनायक शाखाले गर्यो मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफ सुर्यविनायक शाखाले गर्यो मृत्यु दाबी भुक्तानी


बैंकिङ्ग समाचार । 
सिटिजन लाइफ इन्स्योरेन्स सुर्यविनायक शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ।

रक्त क्यान्सरका कारण मृत्यु भएका बिमित लक्ष्मी भक्त वाङग्योको परिवारलाई एघार लाख तीस हजारको चेक दिइएको हो। उनले दश लाखको जिवन बिमा लिएका थिए।

उक्त कार्यक्रममा कम्पनीका मध्य तथा मध्य पश्चिमाञ्चल प्रमुख व्यापार अधिकृत सुनील पोखरेलले मृतकको श्रीमति तथा परिवारलाइ चेक हस्तान्तरण गरेका हुन्।

sanimabidh labbrand
उनले बीमाको महत्वबारे पनि प्रकाश  पारे। साथै कम्पनीका एबिएम लोकमाया अधिकारीले बिमाको रकम कसरी पाइन्छ भनेर थप जानकारी दिइन्।

कार्यक्रममा संचालिका सुर्यविनायक शाखा प्रमुुख प्रमिला प्रजापती, बिडिसी राकेश श्रेष्ठ, एजेन्सी मेनेजर बिष्णु केशरी हेङग्वजु, रचना लाखेमरु, रेबिका वाङग्यो, सुमित्रा मानन्धर तथा विभिन्न समाजसेवीहरुको उपस्थिती थियो।