सेयर बजारमा अर्को नयाँ रेकर्ड कायम, झन्डै ७ अर्बको कारोबार

सेयर बजारमा अर्को नयाँ रेकर्ड कायम, झन्डै ७ अर्बको कारोबार


बैंकिङ्ग समाचार । 
सेयर बजारले एक साता नबित्दै नयाँ  रेकर्ड कायम गरेको छ ।  यसअघि बिहिबार ६ अर्ब  ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार भएर रेकर्ड राखेको सेयर बजारले आज आइतबार ६ अर्ब ८७ करोड ८७  लाख ८७  हजार ६ सय ६५ रुपैयाँको गरेर नयाँ  रेकर्ड राखेको हो । 

साताको पहिलो दिन आज (आइतबार) नेप्से परिसूचक ४.६९ अंकले बढेर १ हजार ७८२.८१ मा पुगेको छ   । यस्तै सेन्सेटिभ परिसूचक भने २.० अंकले बढेर  ३४५. ०७ मा पुगेको छ ।

कूल २०१ वटा कम्पनीको १ करोड ५९  लाख ६५  हजार ५  सय २६ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ८७ करोड ८७  लाख ८७  हजार ६ सय ६५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार ३  वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको सेयर घटेको छ ।

\"\"पुनर्बीमा कम्पनीको उच्च कारोबार

कारोबार रकमका आधारमा रेकर्ड कायम भएको दिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५८ करोड ५८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ७३ लाख, नेपाल दुरसञ्चार कम्पनीको २७ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको २६ करोड ५५ लाख र नेपाल बैंकको २३ करोड १७ लाख रुपैयाँ बढीको शेयर खरीद बिक्री भएको छ ।

माउन्टेन हाइड्रोको शेयरमूल्य घट्यो

आज माउन्टेन हाइड्रोको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ८.९३ प्रतिशतले घटेर २०४ रुपैयाँमा झरेको छ ।

\"\"