युनाईटेड इदी–मार्दीको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन

युनाईटेड इदी–मार्दीको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार । 

युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले मंसिर ३ गते बुधबार देखि बिक्री खुला गरेको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन खुला गरेको हो । जसमध्ये सामूहिक लगानी कोषका लागि ४३ हजार ६९६ कित्ता र कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्टाइएको छ भने ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर बिक्रीमा ल्याएको हो ।

आईपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट मंसिर ७ गते आइतबारसम्म आवेदन दिन सकिन्छ ।

सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।