युनाइटेड इदी मर्दीको आईपिओमा ८ गुणा बढीको आवेदन, कतिले भरे शेयर ?

युनाइटेड इदी मर्दीको आईपिओमा ८ गुणा बढीको आवेदन, कतिले भरे शेयर ?


बैंकिङ्ग समाचार । 
युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा तेस्रोे दिन शुक्रबार साँझ ४ बजेसम्ममा ३ लाख ५४ हजार ५८१ वटा आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको जानकारी अनुसार ३ लाख ५४ हजार ५८१ वटा आवेदनबाट ६६ करोड १२ लाख १६ हजार रुपैयाँ बराबरको ६६ लाख १२ हजार १६० कित्ता आईपीओको माग परेको हो ।

कम्पनीले सर्वसाधारणबाट ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि बुधबारदेखि आवेदन माग गरेकोमा तेस्रो दिनसम्ममा ८.१४ गुणा धेरै अर्थात ६६ लाख १२ हजार १६० कित्ताको माग परेको हो ।

कम्पनीले कूल ८ लाख ७३ हजार ९१० कित्ता शेयर निष्काशन गरेकोमा ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।

कम्पनीले निष्काशन गरेको आईपीओमा सर्वसाधारणले मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ । तर अत्याधिक आवेदन पर्ने हुँदा गोलाप्रथाबाट शेयर बाँडफाँड गर्नुपर्ने अवस्थाले १० कित्ता शेयरका लागि नै आवेदन गर्दा नै उपयुक्त हुन्छ ।

क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।