माछापुच्छ्रे क्यापिटलको पहिलो वार्षिक साधारण सभा सम्पन्न

माछापुच्छ्रे क्यापिटलको पहिलो वार्षिक साधारण सभा सम्पन्न


बैंकिङ्ग समाचार ।

माछापुच्छ्रे क्यापिटलको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभा बिहीबार सम्पन्न भएको हो।

कम्पनीको संचित मुनाफा १ करोड ३६ लाख ३९ हजार छ। त्यस मध्येबाट चुक्ता पूँजीको ६.४ प्रतिशतका दरले हुन आउने रकम १ करोड २८ लाख नगद लाभांश वितरण गर्ने सामान्य प्रस्ताव गरिएको छ।

कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टलाई माछापुच्छ्रे क्यापिटलमा गाभ्नेसम्बन्धी विशेष प्रस्ताव पनि पारित गरिएको छ। मर्जरपछि कम्पनीको नाम माछापुच्छ्रे कृति क्यापिटल हुने बताइएको छ।