स्वीट्जरल्याण्डद्वारा नेपाललाई १२६ करोड सहयोग

स्वीट्जरल्याण्डद्वारा नेपाललाई १२६ करोड सहयोग


बैंकिङ्ग समाचार । 
स्वीट्जरल्याण्डले नेपाललाई १ अर्ब २६ करोड आर्थिक सहयोग गर्ने भएको छ । मोटोरल लोकल बोडर्स ब्रिज प्रोग्राम (एमएलआरपी) फेज ४ को लागि स्वीट्जरल्याण्डले सहयोग गर्न लागेको हो । 

शुक्रबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापेलरबीच भेटघाट भएको छ । 

सो भेटमा उक्त सहयोग सम्बन्धमा सम्झौता समेत भएको हो । सम्झौतामा अर्थ मन्त्रालयको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र स्वीट्जरल्याण्ड सरकारका तर्फबाट राजदूत क्यापेलरले हस्ताक्षर गरेका छन्।