नबिल बैंकको वितरणयोग्य नाफा बढ्यो, खुद नाफा घट्यो

नबिल बैंकको वितरणयोग्य नाफा बढ्यो, खुद नाफा घट्यो


बैंकिङ्ग समाचार । 
नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा १ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकको खुद नाफा भने गत आवको यसै अवधिको तुलनामा ७.८२ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ७४ करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएकोमा ६२.८५ प्रतिशतले बढेको हो ।

चुक्ता पुँजी १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसाले घटेर ४१.०३ रुपैयाँमा सीमित भएको छ । जगेडा कोषमा १२ अर्ब ६१ करोड ९६ लाख सञ्चित राखेको बैंकको प्रतिशेयर नेटवर्थ २६७.०८ रुपैयाँ छ ।

यस्तै बैंकको शेयरधनी कोषमा ३९.३७ प्रतिशतले बढेर ४ अर्ब २५ करोड १० लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकले १ खर्ब ९६ अर्ब १५ करोड १५ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १३.३८ प्रतिशत र कर्जा लगानी १६.०२ प्रतिशतले बढेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी गत आवको प्रथम त्रैमासको तुलनामा १७.९६ प्रतिशतले घटेर १ अर्ब ५७ करोड ४० लाख रुपैयाँमा र सञ्चालन नाफा ७.६७ प्रतिशतले घटेर १ अर्ब ४८ करोड ३० लाख रुपैयाँमा खुम्चिएको छ ।

बैंकको खराब कर्जा अनुपात ०.६५ प्रतिशतमा स्थीर रहँदा पूँजीकोष अनुपात बढेर १२.५९ प्रतिशतमा पुगेको छ । यस्तै निक्षेप संकलन लागत ४.९९, आधारदर ६.६८, कर्जा निक्षेप अनुपात ७३.४८ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात २०.९६ गुणा छ ।