आईएमई जनरल इन्स्योरेन्सको नाफा २९.१७ % ले बढ्यो

आईएमई जनरल इन्स्योरेन्सको नाफा २९.१७ % ले बढ्यो


बैंकिङ्ग समाचार ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आईएमई जनरल इन्स्योरेन्सको नाफा २९.१७ प्रतिशतले बढेर ३ करोड ५४ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा इन्स्योरेन्सको नाफा २ करोड ७४ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा इन्स्योरेन्सले १५ करोड ८० लाख ३३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा १६ करोड ५१ लाख २ हजार रुपैयाँ रहेको थियो ।

इन्स्योरेन्सको तीन महिनामा बिमा कोषमा ३७ करोड ४४ लाख १० हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको जगेडा कोषमा २२ करोड २७ लाख ५० हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १३ रुपैयाँ ११ पैसा रहेको इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ६७ पैसा रहेको छ ।