काठमाडौं – नेशनल लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणले खरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्र्रीमा राखेको छ। संस्थाले सात जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ४६ हजार ५३४ कित्ता शेयर बिक्रीमा राखेको हो।
संस्थाले यसअघि सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएकोमा उनीहरूबाट उक्त शेयरमा आवदेन नपरेपछि अब सर्वसाधारले खरिद गर्ने गरि बिक्रीमा ल्याएको हो।
उक्त शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, संस्थाले यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया