साताको सुनः ९ सय रुपैयाँले बढ्यो मूल्य


काठमाडौं – नेपाली बजारमा यो साता सुनको मूल्यमा उतारचढाव देखियो। साताको सुरुवातमा बढेको सुनको मूल्य बीचमा घट्दै पुनः बढेको हो। आइतबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको थियो।

सोमबार भने सोही परिमाणमा घटेर प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भयो। मंगलबार सुनको मूल्य थप ९ सय रुपैयाँले घट्यो। उक्त दिन सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार सुनको मूल्य पुनः बढ्यो। उक्त दिन प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेर ३ लाख १ हजार ८ सय रुपैयाँ कायम भयो। बिहीबार भने सुनको मूल्य २ हजार ३ सय रुपैयाँले घट्यो।

महासंघका अनुसार उक्त दिन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढ्दै सुनको मूल्य ३ लाख ३ हजार १ सय रुपैयाँ पुग्याे। समग्रमा याे साता सुनकाे मूल्यमा ९ सय रूपैँयाकाे वृद्धि देखियाे।