सिटिजन बैंकका ग्राहकले १०० रुपैयाँ क्यास ब्याक पाउने

सिटिजन बैंकका ग्राहकले १०० रुपैयाँ क्यास ब्याक पाउने


बैंकिङ्ग समाचार । 
सिटिजन्स बैंक इन्टरनेशनलबाट डिजिटल कारोबार गर्दा क्यास ब्याक पाईने भएको छ । बैंकले ल्याएको “यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याकको बहार”योजना अन्तर्गत क्यास ब्याक पाउन सकिने भएको हो । 

ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत तिहारमा पैसा पठाउँदा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ । कार्तिक २९ देखि मंसिर १ गतेसम्म ३ पटक गरी २ हजार रुपैयाँभन्दा बढी रकम मोबाइल बैकिङ्गमार्फत रकमान्तर गरेमा सो क्यासब्याक प्राप्त गर्न सकिन्छ । यसरी पैसा पठाउँदा विवरणमा भने “ सिटिजन्स तिहार” भनी खुलाउन पर्ने हुन्छ ।

बैंकले १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिदै आइरहेको छ ।