कृषि विकास बैंकको नाफा घट्यो, कस्ता छन अन्य सूचक ?

कृषि विकास बैंकको नाफा घट्यो, कस्ता छन अन्य सूचक ?


बैंकिङ्ग समाचार । 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंकको नाफामा गिरावट आएको छ ।

गत आवको पहिलो त्रैमासमा ५९ करोड ९० लाख २३ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा नाफा २२.९६ प्रतिशतले घटेर ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा २२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आएको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ६६ करोड ५१ लाख ९४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ३६ करोड ७ लाख ३५ हजार रुपैयाँ रहेको छ । यस्तै गत आवको पहिलो त्रैमासमा ८२ करोड ८० लाख ६४ हजार रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा चालु आवको सोही अवधिमा ६१ करोड १८ लाख २८ हजार रुपैयाँ रहेको छ ।

१४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब १६ करोड ६९ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब ४० अर्ब ७० करोड ५२ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरी बैंकले १ खर्ब २३ अर्ब ४२ करोड २७ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९० पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ ९१ पैसा रहेको छ ।