३७ प्रतिशतले घट्यो स्ट्यान्डर्ड चार्टड बैंकको नाफा, १३ अर्ब निक्षेप घट्यो

३७ प्रतिशतले घट्यो स्ट्यान्डर्ड चार्टड बैंकको नाफा, १३ अर्ब निक्षेप घट्यो


बैंकिङ्ग समाचार । 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा ३७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पहिलो त्रैमास बैंकको खुद नाफा ६४ करोड ४१ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४० करोड १३ लाख नाफा कमाएको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८८ लाख रुपैयाँ छ । यस अवधिमा बैंकको निक्षेप ९५ अर्ब २ करोडबाट घटेर ८२ अर्ब २२ करोड पुगेको छ । बैंकको कर्जा प्रवाह पनि घटेर ५० अर्ब १७ करोड पुगेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी १८.५६ प्रतिशतले घटेर १ अर्ब ४३ करोड पुगेको छ ।

८ अर्ब १ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ७ अर्ब ५४ करोड रहेको छ । बैंकको खराब कर्जा ०.१८ प्रतिशतबाट बढेर ०.८७  प्रतिशत पुगेको छ । 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २०.०४  रुपैयाँ, प्रति शेयर नेट वर्थ १९४.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.८३ गुणा, बेस रेट ६.६१   प्रतिशत, कोषको लागत ४.६७ प्रतिशत, सिसिडि ७६२.१२ , र पुँजी पर्याप्तता अनुपात  २०.२३ रहेको छ।