काठमाडौं – नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला ९ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा १ हजार ७ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ८ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला चार हजार ६ सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो।






About Us
प्रतिक्रिया