काठमाडौं – नेपालको पुँजी बजारमा भएको विद्यमान उत्पादनलाई थप प्रभावकारी र विश्वासिलो बनाउन आवश्यक छ। शेयर बजारलाई सुरु भएको समयदेखि आजसम्म पनि यो एउटा प्रभावकारी ठाउँ हो र कम्पनीहरूले यसबाट राम्रो आम्दानी गर्न सक्छन् भनेर कसैले हेरेको छैन। लगानीकर्ताहरूले आफ्नो लगानी विस्तार गर्न सक्ने रूपले शेयर बजारलाई हेरेका छैनन्। आज पनि हामी भाष्यमा रियल सेक्टरको कम्पनी चाहन्छौँ, तर त्यसमा केही काम गरिएको छैन। जबसम्म हामीले कम्पनीहरूलाई बुक बिल्डिङको विधिबाट वास्तविक मूल्य दिएर बजारमा लिएर आउन सक्दैनौँ, तबसम्म बजारको गहिराइ विस्तार गर्न सकिँदैन।

धितोपत्र बोर्डले वास्तविक मूल्य दिएर उद्यमीहरू बजारमा आउन प्रोत्साहन नगरेका बजारमा १०० रुपैयाँमा एकदमै खराब कम्पनीहरू आउँछ। यस्ता कम्पनीहरू बजारमा आउँदा बजार बिग्रिरहेको छ। जसले गर्दा लगानीकर्ताहरूमा डुबाउने कम्पनी भन्ने भाष्य निर्माण हुन्छ। यसमा मर्चेन्ट बैंकको भूमिका भनेको जबसम्म नियमन परिवर्तन गरेर वास्तविक मूल्याङ्कनमा कम्पनीहरू आउँदैन तबसम्म पुँजी बजारको विकास हुन सक्दैन।
मर्चेन्ट बैंकरको काम कम्पनीहरूमा पुगेर उनीहरूलाई शिक्षित बनाउने, मूल्याङ्कन दिने, परामर्श दिने र बजारमा लिएर आउने हो। जबसम्म नियमन परिवर्तन हुँदैन, तबसम्म मर्चेन्ट बैंकले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सक्दैनन्। नेपालको पुँजी बजारलाई परिवर्तन गर्ने हो भने कम्पनीहरूको वास्तविक मूल्याङ्कन हामीले दिन सक्नुपर्छ। नेपालको पुँजी बजारको विकास र बजारलाई सुदृढ बनाउन सप्लाइ साइडमा रियल सेक्टरलाई ल्याउनुपर्छ।
त्यस्तै, डिमान्ड साइडमा आजको समयमा लगानी व्यवस्थापन क्षेत्र छ, त्यसलाई सुदृढीकरण गर्नुपर्छ। त्यस्तै, म्युचुअल फण्ड, संस्थागत लगानीकर्ताको लगानी गुणस्तरलाई सुधार्नुपर्छ। अहिले म्युचुअल फण्डको लगानी ९० अर्ब रुपैयाँ छ। यसलाई हामीले १०/२० गुणाले विस्तार गर्नुपर्छ। यी सबै कुराहरू घुमेर धितोपत्र बोर्डलाई स्वायत्त पार्ने कुरामा आएर जोडिन्छ। जति हामीले सेबोनलाई स्वायत्त तिर लिएर जान सक्छौँ, सेबोन त्यति नै प्रभावकारी हुँदै जान्छ। यसले वास्तविक समयमा काम गर्न सक्छ, प्रतिक्रियालाई आत्मासाथ गरेर प्रगति छिटो गर्न सक्छ। यदि सेबोन स्वायत्त भयो भने बजार बिस्तारै आफैँ सुध्रिन्छ। पुँजी बजार भनेको जहाँ पनि एउटा जोखिमपूर्ण सम्पत्तिको वर्ग हो। यसलाई के पनि भनिन्छ भने पुँजी बजार जोखिमको अधीनमा हुन्छ त्यसैले बजारमा लगानी गर्नुअघि कागजातहरू ध्यानपूर्ण पढ्नुपर्छ।

संसारभर नै शेयर बजारमा ७० देखि ८० प्रतिशत लगानीकर्ताले पैसा गुमाउँछन् र करिब २० प्रतिशतले मात्र नाफा कमाउँछन्। यहीकारण साना लगानीकर्तालाई लगानी गर्न म्युचुअल फण्डहरु छन्। सानो लगानीकर्ताले सिधै शेयरमा लगानी गर्नुभन्दा आफ्नो लगानी म्युचुअल फण्डको माध्यमबाट ‘मोबिलाइज’ गर्न सकेमा डुब्ने जोखिम न्यून हुन्छ। किनकि, म्युचुअल फन्डमा एक्सपटर्सहरूले रिसर्च गर्छन्। त्यसैले राम्रो प्रतिफल पाउन सक्ने सम्भावना हुन्छ। हाम्रो काम म्युचुअल फन्ड र ‘एसेट म्यानेजमेन्ट इन्डस्ट्री’ लाई सुदृढीकरण गर्ने, शिक्षित गर्ने हो।
(नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ को पहिलाे सत्र ‘उत्पादन, नीति तथा नियमन: नेपालको पुँजी बजारको भविष्य’ मा नेशनल क्यापिटलका संस्थापक तथा सीईओ अर्पण खनालले राखेको मन्तव्य)






About Us
प्रतिक्रिया