काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न स्थान र मितिमा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले फेला पारिएका चोरीका सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।
प्रहरीका अनुसार हस्तान्तरण गरिएका ५० वटा सवारीसाधनमध्ये २८ वटा मोटरसाइकल र २२ वटा स्कुटर रहेका छन्।






About Us
प्रतिक्रिया