सानिमा बैंकको १६ औं साधारणसभा, सेयरधनीलाई १३.६० प्रतिशत लाभांश

सानिमा बैंकको १६ औं साधारणसभा, सेयरधनीलाई १३.६० प्रतिशत लाभांश


बैंकिङ्ग समाचार । 
सानिमा बैंक लिमिटेडले कार्तिक २८गते शुक्रबारकादिन १६ औंवार्षिक साधारण सभासम्पन्न गरेको छ । उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्तावपारित गरेको छ । 

विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमाभित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको बैंकले जनाएको छ  । 

आर्थिक वर्ष २०७६÷७७मा १.७८ अर्ब रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १२६.३१ रुपैयाँ अर्ब, कुल निक्षेप ११०.१० अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी ९३.६९अर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७५÷७६को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १९.३०, १२.२९, र १५.८१ प्रतिशतले वृद्धि गरेको छ । सानिमा बंैकको सातै प्रदेशमाहाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।