एक महिनामा जीवन बीमकले संकलन गरे २६ अर्ब बढी बीमा शुल्क


काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा जीवन बीमा कम्पनीहरुले २६ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार जीवन बिमकले एक महिनामा कुल २६ अर्ब २२ करोड ५१ लाख बीमा शुल्क संकलन गरेका हुन् ।

साउन महिनामा कम्पनीहरुले ३ लाख ८५ हजार ९२१ वटा बीमा पोलिसी जारी गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ६ अर्ब ९९ करोड ३१ लाख बीमा शुल्क संकलन गरेको छ । यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९९ करोड २७ लाख, नेशनल लाइफले २ अर्ब ९१ करोड ३१ लाख र हिमालयन लाइफले २ अर्ब २९ करोड ४१ लाख कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै, एलआइसी नेपालले २ अर्ब १४ करोड १४ लाख, सूर्यज्योति लाइफले १ अर्ब ५१ करोड, एशियन लाइफले १ अर्ब ११ करोड, सिटिजन लाइफले ९६ करोड १ लाख, आइएमई लाइफले ९० करोड ९४ लाख, सानिमा रिलायन्स लाइफले ८५ करोड ४३ लाख कुल बीमाशुल्क संकलन गरेका छन् । यस्तै, प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख, रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख, मेट लाइफले ६० करोड २८ लाख र सन नेपाल लाइफले ४६ करोड ६९ लाख कुल बीमा शुल्क संकलन गरेको छ ।