माछापुच्छ्रे बैंकको खराब कर्जा अनुपात अत्यन्तै न्युन, वितरणयोग्य नाफा ६ करोड ६६ लाख रुपैयाँ

माछापुच्छ्रे बैंकको खराब कर्जा अनुपात अत्यन्तै न्युन, वितरणयोग्य नाफा ६ करोड ६६ लाख रुपैयाँ


बैंकिङ्ग समाचार । 
माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४ प्रतिशतले घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ। 

चालु आर्थिक वर्षको तीन महिनामा बैंकले ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको तुलनामा ४.०१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३७ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा ६ करोड ६६ लाख रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेपनि कर्मचारी खर्च र गैरसञ्चालन खर्च बढ्दा बैंकको खुद नाफा घटेकाे हो। पहिलो त्रैमासमा बैंकले ९५ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा झण्डै २९ लाख रुपैयाँले धेरै हो। गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९५ करोड २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

त्यस्तै बैंकको अन्य सञ्चालन आम्दानी पनि १ करोड ८५ लाख रुपैयाँबाट बढेर ३ करोड २३ लाख रुपैयाँ पुगेको छ। पहिलो त्रैमासमा बैंकले ५२ करोड ३३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। गत आर्थिक वर्ष यस्तो नाफा ५५ करोड ८१ लाख थियो।

बैंकको निक्षेप संकलन १ खर्ब ४ अर्ब ९ करोड रुपैयाँबाट बढेर १ खर्ब ११ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९२ अर्ब ५२ करोड रुपैयाँबाट बढेर ९७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात ०.३१ प्रतिशतबाट बढेर ०.४२ प्रतिशत पुगेको छ।

हाल ८ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड रुपैयाँ छ।

विवरण अनुसार हाल बैंकको पूँजीकोष अनुपात १२.६० प्रतिशत रहेको छ भने कोषको लागत ६.१५ प्रतिशत, आधार दर ८.३१ प्रतिशत, सिसिडि रेशियो ७६.९४ प्रतिशत र स्प्रेड दर ४.३३ प्रतिशत रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७८ पैसाबाट घटेर १७ रुपैयाँ ७ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.१२ गुणा रहेको छ।