राष्ट्रियसभा बैठक :

‘ग्यास किन्न पाउने अवस्था बनाउन माग’


काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले मूल्य तिरेर ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन्। राष्ट्रियसभाको बिहीबारकाे बैठकको विशेष समयमा सदस्य रञ्जित कर्णले मूल्य तिरेर ग्यास किन्न खोज्दा पनि आफूले नपाएको बताए।

ग्यास नपाएकै कारण विद्यार्थीलाई समस्या भएको बाउँदै उनले सडकमा दाउरा बालेर खाना बनाउनुपर्ने अवस्था आएको आएको जानकारी गराए। ग्यास बिक्री वितरणमा भइरहेको कालोबजारी नियन्त्रण गर्न पनि सदस्य कणको माग थियो।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को अध्ययनले २१ भन्दा धेरै हिमताल नेपालका लागि खतरा रहेको देखाएकाले त्यसको बहाव क्षेत्रमा रहेका संरचनाका बारेमा राज्यसँग सूचना र जवाफ हुनुपर्नेमा उनले जाेड दिए।

सदस्य विष्णुबहादुर विश्वकर्माले नेपालको उत्तरी भाग हिम क्षेत्र भएकाले यस्तो भूगोलको नियमित निगरानी गरिनुपर्ने बताए। तीन हजार १६५ वटा हिमताल रहेको बताउँदै उनले तीमध्ये २१ वटा हिमताल फुट्ने खतरामा रहेकाले त्यसप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराए।