नेपाल बंगलादेश बैंकको खुद नाफा ४१ प्रतिशतले बढ्यो

नेपाल बंगलादेश बैंकको खुद नाफा ४१ प्रतिशतले बढ्यो


बैंकिङ्ग समाचार । 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल बंगलादेश बैंकको खुद नाफा ४१.९० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो पहिलो त्रैमास बैंकको खुद नाफा ४० करोड २५ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५७ करोड ११ लाख नाफा कमाएको हो ।

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ५ करोड ८९ लाख रुपैयाँ छ ।  यस अवधिमा बैंकको निक्षेप संकलन ३.१९ प्रतिशतले बढेर ६८ अर्ब ५५ करोड पुगेको छ भने कर्जा प्रवाह ०.७० प्रतिशतले बढेर ५९ अर्ब ४४ करोड  पुगेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी ७.४४ प्रतिशतले घटेर ६९ करोड २२ लाख पुगेको छ ।

८ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब ३१ करोड रहेको छ । बैंकको खराब कर्जा १.९७  प्रतिशतबाट घटेर २.३९ प्रतिशत पुगेको छ । 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २६.८९  रुपैयाँ, प्रति शेयर नेट वर्थ १६२.५१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८.०३ गुणा, बेस रेट ८.१३  प्रतिशत, स्प्रेड दर ४.३७ प्रतिशत, कोषको लागत ६.१६ प्रतिशत, सिसिडि ७०.८९ , र पुँजी पर्याप्तता अनुपात  १३.८० रहेको छ।