एनआईसी एशियाको नाफामा वृद्धि, ईपीएस कति?

एनआईसी एशियाको नाफामा वृद्धि, ईपीएस कति?


बैंकिङ्ग समाचार । 
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एसिया बैंकको खुद नाफा १.१३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २ करोड नाफा कमाएको हो ।

कम्पनीको संचालन मुनाफा १.९ प्रतिशतले बढेर १ अर्ब ४५ करोड पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४ करोड ६६ लाख रहेको छ । बैंकको खराब कर्जा ०.४५ प्रतिशतले घटेर ०.४० प्रतिशत कायम भएको छ ।

यस अवधिमा बैंकको निक्षेप २ खर्ब ३१ अर्ब पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ८९ अर्ब रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी ७.६९ प्रतिशतले बढेर १ करोड ९८ पुगेको छ । ९ अर्ब ७१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ८ अर्ब ७१ करोड रहेको छ । 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४२.०३ रुपैयाँ, प्रति शेयर नेटवर्थ १८९.७१ रुपैयाँ, बेस रेट ६.५० प्रतिशत, कोषको लागत ४.९९ प्रतिशत, सिसिडि ७५.६३ प्रतिशत, र पुँजी पर्यापता अनुपात १२.३१ प्रतिशत रहेको छ ।