नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा घट्यो, वितरणयोग्य कति ?

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा घट्यो, वितरणयोग्य कति ?


बैंकिङ्ग समाचार । 
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड को पहिलो त्रैमासको खुद नाफा ६२ करोड ३८ लाख १४ हजार रुपैयाँमा खुम्चिएको छ । गत आवको यसै अवधिमा ८४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकको नाफा २६.१३ प्रतिशत अर्थात २२ करोड ६ लाखले घटेको हो ।

बैंकको खुद ब्याज आम्दानी बढेपनि फि, कमिशन तथा डिस्काउण्ट र अन्य सञ्चालन आम्दानी घट्दा खुद नाफामा असर पुगेको हो । यस्तै बैंकले सम्भावित खराब कर्जा जोखि बापत समेत गत आवको प्रथम त्रैमासको तुलनामा बढी रकम छुट्टाउँदा नाफा खुम्चिएको हो ।

चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ रहेको यस बैंकको प्रतिशेयर आम्दानीमा पनि घटेर १७.५१ रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको इपिएस २६.२५ रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकले १ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १० करोड ६३ लाख रुपैयाँले खुद ब्याज आम्दानी वृद्धि गर्दै १ अर्ब ६३ करोड ३५ लाख रुपैयाँ कमाएको छ । यद्यपी खराब कर्जा व्यवस्थाका कारण बैंकको सञ्चालन नाफा ३१ करोड ५१ लाख रुपैयाँ घटेर ८९ करोड ११ लाख रुपैयाँ छ ।

असोज मसान्तमा बैंकको वितरणयोग्य नाफा २० करोड ५० लाख ९८ हजार रुपैयाँ छ । प्रथम त्रैमासको वितरणयोग्य नाफाको आधारमा आधारमा बैंकले ६ प्रतिशत हाराहारीमा मात्र लाभांश वितरण गर्नसक्छ ।

सञ्चित जगेडा कोषमा १२ अर्ब १ करोड ५४ लाख रुपैयाँ राखेको बैंकको शेयरधनीकोषमा १ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९७.३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३.६४ गुणा छ ।

बैंकको निष्क्रिय कर्जा २.८० प्रतिशत, पूँजीकोष अनुपात १२.६३, स्प्रेडदर ४.१४, कोषको लागत ५.४८, आधार दर ७.३४ प्रतिशतमा सुधारिएको छ ।